काठमाडौं १८ जेठ । काठमाडौंबाट भद्रपुरको लागि उडान भरेको बुद्ध एयरको ९५३ विमान काठमाडौं नै फर्किएको छ ।
हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि विमानलाई आकाशबाटै काठमाडौं विमानस्थल फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौला जानकारी दिएका छन् ।
३० नटिकल माइल उडेको उक्त विमान काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द समेत गरिएको थियो ।
विमान सकुशल काठमाडौं विमानस्थलमा अवतरण गरेपछि त्यसको प्राविधिक जाँच हुने विमानस्थलले जनाएको छ ।