सुशान्तसिंह राजपुतको अपार्टमेन्ट भाडामा दिइने, जहाबाट देखिन्छन् यस्ता दृश्य — OSNepal

सुशान्तसिंह राजपुतको अपार्टमेन्ट भाडामा दिइने, जहाबाट देखिन्छन् यस्ता दृश्य

LC (KTM) June 15, 2021 0

एजेन्सी- अभिनेता सुशान्तसिंह राजपुतको बान्द्रास्थित अपार्टमेन्ट भाडामा दिइने भएको छ।गत वर्ष उनी मृत फेला परेपछि यत्तिकै रहेको अर्पाटमेन्ट अब भने भाडामा दिइने भएको छ । उक्त अर्पाटमेन्टको भाडा मासिक ४ लाख भारू रहेको बताइएको छ।

जहाबाट समुद्री दृश्य देख्न सकिन्छ । सुशान्तले उक्त अपार्टमेन्ट सन् २०१९ मा भाडामा लिएका थिए। उनी २०२२ सम्म त्यहाँ बस्ने योजना बनाएका थिए तर बिचमै उनले संसार छाडेर गए ।

उनको अपार्टमेन्टमा अहिलेसम्म कोही बस्न भने आएका छैनन्। एक जना ब्रोकरले कोरोना महामारीका कारण भाडामा बस्ने मानिस खासै नआएको बताए।सुशान्त गत वर्ष जुन १४ मा उक्त अपार्टमेन्टमा मृ त भेटिएका थिए। जुन विषयले बलिउडमा ठूलो तरगं ल्याएको थियो । उनको मृ त्युमा विभिन्न निकायले अनुसन्धान गरिरहेका भए पनि मुद्दा अझै सुल्झिसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर