काठमाडौँ :
रुसले पछिल्ला दिनमा युक्रेनविरुद्ध गरेको अतिवादका कारण धेरै युक्रेनीहरुले देश छाड्नु र रुँदै हिँड्न बाध्य हुनु परेको छ । रुसले ज्यादती जारी राखेका बेला युक्रेनले पहिलोपटक स्कटल्याण्डसँग बुधबार राति प्ले अफको खेल खेल्दै छ।
यसअघि रोकिएको खेल पुन हुन लागेका बेला रुसका युक्रेनका कप्तान ओरोक्सान्डर जिन्चेन्का भावुक बनेका छन्। खेल हुनुभन्दा अघिको पत्रकार सम्मेलनमा युक्रेनका कप्तान ओरोक्सान्डर जिन्चेन्का भक्कानिएका दृश्यहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।
पत्रकार सम्मेलनमा उनले भने अहिले प्रत्येक युक्रेन नागरिकले यो युद्ध रोकियोस् भन्ने चाहेका छन् तर रुसले बर्बरता बसाईरहेको देख्दा निकै दुख लागेको छ । इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्दै आएका जिन्चेन्कोले स्कटल्याण्डसँगको खेलमा युक्रेनी नागरिकको खुसीको लागि आँफुले अन्तिम समयसम्म प्रयास गर्ने बताए ।
उनले विश्वका सबै मुलुकलाई रुसी आ क्रा मक ताविरुद्ध एक हुन आग्रह गरे।