काठमाडौं १८ जेठ । सरकारले डिजेल र पेट्रोलमा १० /१० रुपैयाँका दरले लगाउँदै आएको पूर्वाधार कर घटाउने निणर्य गरेको छ ।
अर्थमन्त्रालयले डिजेल र पेट्रोलमा १०/१० रुपैयाँले घटाएर उद्योग मन्त्रालयलाई पठाइसकेको बुझिएको छ । अब मूल्य घटाउने वा निगमको घाटा घटाउने भन्ने निणर्य चाहिँ उद्योग वाणिज्य मन्त्रालय ले गर्ने भएको छ ।
सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटायो सरकारले डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटाएसँगै मुल्य पनि समायोजन हुने भएको छ ।
पछिल्लो पटक मुल्यवृद्धि भएसँगै सरकारले पेट्रोलमा ६३ रुपैयाँ २३ पैसा , डिजेलमा ४५ रुपैयाँ ९१ पैसा,मट्टीतेलमा १३ रुपैयाँ ६६ पैसा र खाना पकाउने ग्याँसमा ३२७ रुपैयाँ ३७ पैसा राजश्व उठाउने गरेको छ ।