गायक सुभाष पुरीको छु मतलव बोलको गीतमा गरिमा र बिक्रमको रोमान्स — OSNepal

गायक सुभाष पुरीको छु मतलव बोलको गीतमा गरिमा र बिक्रमको रोमान्स

LC (KTM) June 01, 2022 0

काठमाडौँ । गायक तथा संगीतकार सुभाष पुरीको स्वर रहेको छु मतलव बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

सुभाषसँगै बहुचर्चित गायिका एलिना चौहानको स्वर रहेको गीतको म्यूजिक भिडियो गायक पुरी नेपाल आएकै अवसर पारेर रिलिज गरिएको हो ।

प्रेम रोमान्स र प्रेमी प्रेमीकाको अन्तरंग कथालाई नजिकबाट केलाइएको गीतमा एक जोडीको रोमाञ्चक प्रेम कहानी देखाइएको छ । कृष्ण भारद्धाजको शब्द शृजना रहेको गीतको एरेन्ज जीवन बडुले गरेका हुन् ।

चर्चित मोडल गरिमा शर्मा र बिक्रम बुढाथोकीको अभिनय रहेको गीतको निर्देशन बिक्रम चौहानले गरेका हुन् ।

प्रकाश खड्काको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन रहेको गीतको भिडियोको कोरियोग्राफी पनि निर्देशक चौहान स्वयमले गरेका हुन् ।

सार्वजनिक गीतको भिडियो गायक पुरीकै अफिसियल च्यानल म्युजिक जक्सनबाट बजारमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर