सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट ल्याउँदै — OSNepal

सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट ल्याउँदै

LC (KTM) June 15, 2021 0

काठमाडौं असार १ । संविधानको प्रावधान अनुसार आज असार १ गते मंगलबार सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट ल्याउँने भएका छन् । यस पटकको बजेटमा प्रदेशको निति तथा कार्यक्रममा कोरोना नियन्त्रण तथा सङ्क्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने भएको छ ।

हेरक प्रदेशले फरक फरक समयमा आज प्रदेश सभाको बैठक बोलाएको छ । प्रदेश १ ले आज अपराह्न ३ बजे, प्रदेश २ ले अपराह्न ४ बजे,बाग्मती प्रदेशले अपराह्न ३ बजे,गण्डकी प्रदेशले भने हिजो अबेर मात्र नीति तथा कार्यक्रम पारित गरेको भएकाले बैठकको समग तोकिएको छैन । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दिएको जानकारी अनुसार आज नै प्रदेश सभा बैठक बोलाइने भएको छ ।

त्यसैगरी, लुम्बनी प्रदेशको आज अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने,कर्णाली प्रदेशको दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । साथै सुदूरपश्चिम प्रदेशले पनि आजै अपराह्न ४ बजे प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

केन्द्रले प्रदेशलाई समानीकरणमा ५७ अर्ब ९५ करोड ४८ लाख, ससर्तमा ३५ अर्ब ८७ करोड ३१ लाख, विशेषमा चार अर्ब १५ करोड, समपूरकमा पाँच अर्ब ७२ करोड ४६ लाख गरी जम्मा एक खर्ब तीन अर्ब ७० करोड २५ लाख रकम छुट्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर