देशका धेरै स्थानमा भारी वर्षा हुने, सर्तक रहन आग्रह — OSNepal

देशका धेरै स्थानमा भारी वर्षा हुने, सर्तक रहन आग्रह

LC (KTM) June 15, 2021 0

काठमाडौं- आज पनि देशका धेरै स्त्थानमा वर्षा हुने भएको छ ।मनसुनी वायुको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।

धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको सम्भावना रहेकाले सर्तक रहन महाशाखाले आग्रह गरेको छ । यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर