प्रहरी महानिरीक्षक सिंहलाई विपक्षी बनाई सर्वोच्चमा दायर गरिएको रिटको सुनुवाई जेठ ३० गते — OSNepal

प्रहरी महानिरीक्षक सिंहलाई विपक्षी बनाई सर्वोच्चमा दायर गरिएको रिटको सुनुवाई जेठ ३० गते

LC (KTM) May 31, 2022 0

काठमाडौं १७ जेठ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई विपक्षी बनार्इ सर्वोच्च अदालतमा दायर गरिएको रिटको सुनुवाई जेठ ३० गते हुने भएको छ ।

सिंहविरुद्ध प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनीहरुले वरिष्ठता मिचेर सिंहलाई एआईजीमा बढुवा गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

त्यसैगरी सिहंलाई विपक्षी बनाई एआईजी विश्वराज पोखरेलले वरिष्ठता मिचेर आईजीमा बढुवा गरेको भन्दै अर्को रिट दायर गरेका छन् ।

यी दुवै रिटको सुनुवाई जेठ ३० हुने मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा। कुमार चुडालको इजलासले आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर