प्राधिकरणको निणर्य : अब साना हेलिकप्टरमा समेत दुई जना पाइलट राखेर मात्र उडान भर्न पाइने — OSNepal

प्राधिकरणको निणर्य : अब साना हेलिकप्टरमा समेत दुई जना पाइलट राखेर मात्र उडान भर्न पाइने

LC (KTM) May 31, 2022 0

काठमाडौं १७ जेठ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अबबाट हेलिकप्टरमा समेत दुई जना पाइलट हुनुपर्ने निणर्य गरेको छ ।

प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले दिएको जानकारी असार १७ जुलाई १बाट लागु हुने गरी साना हेलिकप्टर सबैमा दुई जना पाइलट राखेर मात्र उडाउन पाइने नियम बनाइएको छ ।

नेपालको भौगौलिक कारणले गर्दा विश्वमा नै नभएको नियम नेपालमा लागु हुने भएको हो । विश्वका कुनै पनि देशमा सिंगल इन्जिन एयरक्राफ्टमा दुई पाइलट राख्ने प्रचलन छैन ।

तर, नेपालको भौगोलिक अवस्थालाई लिएर हवाई सुरक्षा अभिवृद्धि गर्न यस्तो निर्णय गरिएको कर्णले बताएका छन् ।

नेपालमा अहिले सम्म हवाईजहाज र एमआई१७ मोडलका ठूला हेलिकप्टरमा मात्र दुई जना पाइलट राखेर उडान गरिँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर