काठमाडौं १७ जेठ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ नियम लागु गरेको छ ।
हरेह उडान भर्दा प्रस्थान गर्ने विमानस्थल, पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’को मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने निणर्य गरेको छ ।
आइतबार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानोसरेमा दुर्घटना परि जहाजमा सवार २२ जनाकै मृत्यु भए पछि प्राधिकरणले आगामी दिनको उडानका लागि कडाइ गर्ने भएको हो ।
प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णले दिएको जानकारी अनुसार अब यो निणर्य आँखाले अगाडि हेरेरै गर्नु पर्ने उडान प्रणाली ९भीएफआर० रहेको रुट र जहाजको हकमा लागू हुनेछ ।