विष्णु पौडेललाई मिलेन्द्र रिजालको जवाफ — OSNepal

विष्णु पौडेललाई मिलेन्द्र रिजालको जवाफ

LC (KTM) May 31, 2022 0

काठमाडौं १७ जेठ । वर्तमान गठवन्धन सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटलाई लिएर नेकपा एमाले र कांग्रेसका नेता मिलेन्द्र रिजालबिच दोहोरी नै चलेको छ ।

छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री समेत रहेका विष्णु पौडेलले चुनावी एजेण्डा बोकेर आएको बजेट भन्दै टिप्पणी गरेपछि कांग्रेसका सांसद मिनेन्द्र रिजालले आफ्नो बजेट पढ्न सुझाव दिएका छन् ।

आज मंगलबारबाट संसदमा सुरु भएको बजेटमाथिको छलफलमा नेता रिजालले ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य, आधारहीन भएको भन्दै पौडेलले टिप्पणी गरेपछि उनले भने , मुलुक कोभिडले थलिएको थियो, खोप लगाउन सुरु पनि भएको थिएन ।

अर्थतन्त्र ६.५ प्रतिशतले वृद्धि हुनेछ भन्नुभयो । आज ८ भन्दा उहाँलाई अचम्मै लाग्यो । हिजो ६.५ प्रतिशतले मुद्रास्फीति हुन्छ भन्नुभयो, आज ७ भन्दा उहाँलाई त्यतिले पनि पुग्दैन जस्तो लाग्छ । भूमिका बदलिएको छ, यसो भन्दैमा हामीले बोल्ने कुरा आकास–जमिनकै फरक पनि हुनुहुँदैन ।’

नेता पौडेलले बजेटमा साधारण खर्च बढाइएको छ, पुँजीगत खर्च घटाइएको छ, बजेटको मूख्य लक्ष्य नै नेपाली जनता र दातृ संस्थालाई झुक्याउने गरी आएको छ भनेपछि रिजालले सार्वजनिक ऋण, चालु खाता घाटा, बढ्दो व्यापार घाटा र पुँजीगत खर्च कम हुने समस्या ९ महिनामा मात्र सुरु नभएको जवाफ दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर