काठमाडौं १७ जेठ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन अन्नतले नेकपा एमालेले अहिले बजेटको विरोध गरेको नसुहाएको बताएका छन् ।
आज मंगलबारबाट सुरु भएको संसदमा बजेटमाथीको छलफलमा सहभागी भएका नेता पुनले संसद विघटन गरेर चुनाव घोषणा गरेर पनि पूर्ण आकारको बजेट ल्याउने केपी शर्मा ओली सरकारले यो बजेटको विरोध गरेको नसुहाएको बताएका हुन् ।
गठबन्धन सरकारले अघि सारेको बजेटले कृषिमा क्रान्तिकारी छलाङ मार्ने दावी गरेका उनले कृषिमा ३२ प्रतिशत बजेट बृद्धि हुनुले यस क्षेत्रमा छलाङ मार्ने संभावना रहेको बताएका हुन् ।