काठमाडौं १७ जेठ । नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले वर्तमान सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भोट बटुल्ने उद्देश्यले ल्याएको टिप्पणी गरेका छन् । संसद बैठकमा आज मंगलबारबाट सुरु भएको
बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिएका नेता पौडेलले यस्तो टिप्प्णी गरेका हुन् । ‘यो बजेट नभएर, चुनावी प्रचार जस्तो छ, भोट बटुल्ने उद्देश्यले आएको छ, मतदाता रिजाउने गरी आएको छ, यसले बजेटको मर्ममा प्रहार गरेको छ’ उनले भने ।
सरकारले ल्याएको बजेटको मूख्य लक्ष्य नै नेपाली जनता र दातृ संस्थालाई झुक्याउने भएको दावी गरेका उनले बजेटमा साधारण खर्च बढाइएको र पुँजीगत खर्च घटाइएको बताएका छन् ।
आम नेपालीको आम्दानी नबढ्ने र महंगी बढ्दा कसरी वार्षिक ८ लाख नेपालीलाई गरिबीबाट माथि उठाउने सकिन्छ भन्दै नेता पौडेलले प्रश्न गरेका छन्