काठमाडौं १७ जेठ ।अब मेलम्चीको पानी फेरिकाठमाडौं नआउने भएको छ । ‘प्रि-मनसुन’
(वर्षायाम)सक्रिय भएपछि मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका बन्द गर्ने सरकारले निणर्य गरेको हो ।
बाढी आउने गरी मनसुन सक्रिय हुने अवस्था आएलगत्तै सरकारले मेलम्चीको मुल ढोका बन्द गर्ने निणर्य गरेको हो । मंगलबार सुरुङको मुख बन्द गरेर त्यहाँबाट प्राविधिकहरु फर्किएका छन् । अब कात्तिक सम्म मेलम्ची खानेपानी काठमाडौं नआउने भएको छ ।
जल तथा मौसम विज्ञान विभागसँग परामर्श लिएर असोज मसान्तसम्मका लागि भनेर सुरुङ बन्द गरिएको आयोजनाले जनाएको छ । मौसम र वर्षाको अवस्था हेरेर मात्र सुरुङको ढोका खोलिने आयोजनाले जनाएको छ ।