काठमाडौं १७ जेठ । आर्थिक वर्ष २०७९/८० को बजेटमाथि सैद्धान्तिक छलफल सुरू भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथि अर्थमन्त्री जनार्दन शर्माले सैद्धान्तिक छलफल सुरू गरेका हुन् ।
बैठकमा आय-व्ययको छलफल सुरू गर्न प्रस्ताव गरेसँगै छलफल सुरू भएको हो ।आइतबार अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।
जसको व्यवस्थाको बारेमा आज संसद बैठकमा छल फल सुरु भएको हो । उक्त छलफलमा प्रतिपक्षी दल नेकपा एमालेले भण्डाफोर गर्ने भएको छ ।