काठमाडौं १७ जेठ । मंगलबार प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । आइतबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७९/०८० को बजेट माथि सैद्धान्तिक छलफल गर्न आज बिहान ११ बजे बैठक बस्न लागेको हो ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । अर्थमन्त्री शर्माले प्रस्ताव प्रस्तुत गरेपछि सांसदहरूले बजेटमाथि आफ्नो धारणा राख्ने भएका छन् ।
साथै, उक्त बजेटको प्रस्तत्माथि नेकपा एमालेले भण्डाफोर गर्ने बताइएको छ । सोमबार बसेको संसदीय दलको बैठकमासंसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै भण्डाफोर गर्न सांसदहरूलाई निर्देशन दिएका थिए ।