बजेट न वितरणमुखी, न चुनाव लक्षित — OSNepal

बजेट न वितरणमुखी, न चुनाव लक्षित

LC (KTM) May 31, 2022 0

काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार सदनमा पेस गरेको बजेट चुनावमुखी नभएको बताएका छन् । उनले सत्ता गठबन्धनका दलहरूको सहकार्यमा बजेट बनाएको स्पष्ट पारेका छन् ।

अर्थ मन्त्रालयमा सोमबार बजेटबारे जानकारी दिँदै अर्थमन्त्री शर्माले गठबन्धनका सबै नेतासँग छलफल गरेर मात्र बजेट ल्याएको बताए ।

कार्यान्वयनमा चुनौतीपूर्ण र महत्वाकांक्षीको आरोप लागेको बजेटका सन्दर्भमा उनले भने, ‘बजेटले तोकेको आर्थिक वृद्धिको लक्ष्य महत्वाकांक्षी छ ।’ बजेट वितरणमुखी नभएको जिकिर गर्दै उनले चुनावलक्षित कार्यक्रम नराखिएको पनि दाबी गरे ।

राष्ट्रिय योजना आयोगले दिएको बजेट सिलिङभन्दा बढी पेस भएको झन्डै १८ खर्ब रुपैयाँको बजेटलाई आलोचकले महँगी बढाउने खालको प्रतिक्रियालाई उनले स्वाभाविक माने ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर