भाइरल बनेका मिदी भाई हल्का रमाईलोमा कराँते प्रशिक्षक बनेर आए पछि — OSNepal

भाइरल बनेका मिदी भाई हल्का रमाईलोमा कराँते प्रशिक्षक बनेर आए पछि

LC (KTM) May 30, 2022 0

यतिबेला सामाजिक सञ्जालमा सबैतिर छाएका छन् कपिलवस्तुका नवराज रेग्मी अर्थात मिदी भाई । उनले टिकटकमा म्यादी प्रहरीको ड्रेस लगाएर बनाएको भिडियो एकदमै भाइरल भएको थियो । टिकटक देखी बालेन शाहको चुनावी प्रचारमा समेत उनले बोलेका कुराहरु छायो । उनले बनाएको उक्त भिडियोमा नाम लिएका ब्यक्ति सागर बसन्ते किस्ने पनि सबैको मुखमा यतिबेला झुण्डिएका छन् ।

यसरी भाइरल हुने ‘मिदी भाइ’नवराज रेग्मीले गीत मात्र गाएनन् अब टेलिभिजनको सिरियलमा समेत देखिन थालेका छन् । मिदी भाइ अब टेलिसिरियल ‘हल्का रमाइलो’मा पनि देखिएका छन् । आईतबार प्रशारण हुदै आएको मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बेद्धारा’ निर्देशित सिरियल हल्का रमाईलो को आइतबारको एपिसोडमा उनै मिदी भाई अर्थात नवराज देखिएका छन् । सिरियलमा उनी म्यादी प्रहरीकै पोशाकमा कराँते सिकाउने गुरु भएर खेलेको देख्न सकिन्छ ।

हरेक अन्र्तबार्तामा उनले अभिनय गर्न पाए हुन्थ्यो भन्ने अभिब्यक्ति दिदै आए पछि निर्देशक श्रेष्ठ अर्थात बल्छी धुर्बेले मौका दिएका हुन् । मिदी भाईलाई हल्का रमाईलोको अझै केही भागमा हेर्न पाईने पनि श्रेष्ठले जानकारी दिएका छन् । हालैको स्थानीय तह चुनावको नजिकका बेला आफ्ना दाजु पर्ने युवकको म्यादी पोशाक लगाएर खिचेको भिडियो टिकटकमा हालेपछि उनी भाइरल बनेका थिए ।

मिदी भाई लागूपदार्थ प्रयोगबारेको अभिव्यक्ति पछि एक साता सम्म प्रहरी थुनामा समेत परेका थिए । कपिलवस्तुको वाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज अहिले सबैतिर चर्चाको पात्र समेत बन्न पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर