नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी डिजाइन गर्नेले अब नगद १ लाख रुपैया पाउने — OSNepal

नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी डिजाइन गर्नेले अब नगद १ लाख रुपैया पाउने

LC (KTM) June 14, 2021 0

नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी डिजाइन गर्नेले अब नगद १ लाख रुपैया पाउने भएको छ । यसका लागि प्रतिस्पर्धा खुल्ला भएको छ ।नेपाल क्रिकेट संघ क्यान र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर एमएसटीले सोमबार विज्ञप्ति निकाल्दै राष्ट्रिय टिमको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला भएको जनाएको छ।

डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडी र पछाडीको भाग दुबैलाई ध्यानमा राखेर डिजाइन गर्न पर्ने हुन्छ । कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्न पर्ने विज्ञप्तिमा जनाइएको छ ।

डिजाइनरले जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्न पर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको नियम अनुसार नै डिजाइन गर्न पर्ने हुन्छ । क्यानले विज्ञापन एजेन्सी एडप्याडमार्फत माई सेकेण्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकको रुपमा पाएको हो । क्यानले जर्सीको डिजाइन जुन १७ सम्म पठाईसक्नु पर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर