युरोकप फुटबलमा प्याट्रिक सिक चम्किदा चेक गणतन्त्रको शानदार जित , सबैभन्दा टाढा बाट गोल गर्ने किर्तिमानी बनाए प्याट्रिकले — OSNepal

युरोकप फुटबलमा प्याट्रिक सिक चम्किदा चेक गणतन्त्रको शानदार जित , सबैभन्दा टाढा बाट गोल गर्ने किर्तिमानी बनाए प्याट्रिकले

LC (KTM) June 14, 2021 0

युरोकप फुटबलको आजको खेलमा चेक गणतन्त्रका प्याट्रिक सिकले किर्तिमानी गोल गरेका छन् । आज स्कटल्याण्डबिरुद्धको खेलमा उनी चम्किदा चेक गणतन्त्रले राम्रो सुरुवात गरेको छ ।

युरो कप फुटबलकै सम्झनलायक गोल गर्दा चेक गणतन्त्रले स्कटल्यान्डलाई २–० ले हराएको छ । सिकले ५२ औं मिनेटमा मैदानको झन्डै मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

४९ दशमलव ७ टाढाबाट परबाट उनले गरेको गोल युरो इतिहासकै लामो दूरीको गोल रहेको युईएफएले जनाएको छ । यसअघि खेलको ४२ औ मिनेटमा हेडरमार्फत सिकले नै चेक गणतन्त्रलाई अग्रता दिलाएका थिए ।

यसअघि जर्मनीका मिडफिल्डर टोस्र्टेनको नाममा युरोकपमा लामो दूरीबाट गोल गर्ने किर्तिमान थियो । सन् २००४ मा उनले ३८ दशमलव ६ मिटर परबाट गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर