काठमाडौं १७ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले प्रधानसेनापति प्रभुराम शर्मालाई भेटे गरेका छन् ।
सोमबार पदभार ग्रहण गरेसँगै बालेन शर्मालाई भेट्न सैनिक मुख्यालयमा पुगेका हुन् । भेटमा प्रधानसेनापति शर्माले बालेनलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।
साथै, बालेनले भने विपद् व्यवस्थापन तथा राष्ट्रिय सुरक्षामा सेनाले गरेको योगदानको प्रशंसा गरेका छन् ।
बालेनले आजै आफ्नो कार्यभार सम्हालेका छन् । बालेनले नगर कार्यपालिकाको पहिलो बैठक लाइभ गरेका छन् ।