काठमाडौं १६ जेठ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा केहि कार्यक्रम थपिएको भएपनि चुनाव लक्षित कार्यक्रम नभएको दावी गरेका छन् । धेरै कार्यक्रम पुरानैको निरन्तरता भएको बताएका उनले केहीमा थोरै यताउता गरेको मात्रै बताएका छन् ।
‘हामीले यति नै गर्न सक्यौं । सबै गर्न सक्यौं भन्ने होइन, धेरै कुरा छुटेका होलान् । सबैतिर ध्यान नपुग्दो रहेछ । कतै न कतै चिप्लिइँदो रहेछु’ उनले भने । सोमबार पत्रकार सम्मेलन गर्दै अथमन्त्री शर्माले बजेटले आर्थिक सूचकहरुमा निश्चित लक्ष्य राखेर अघि बढेको बताएका छन् ।
आफुहरुले बजेटमा निश्चित लक्ष्य राखेर जाने बताएका उनले लक्ष्य पूरा गर्न सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरिने बताएका छन् । गरिबी अन्त्य गर्ने लक्ष्य तोकिएको छ । मानवपुँजीको विकासलाई आधारभुत ढंगबाटै हेरिनुपर्छ भनेका छौं ।उनले भने ।