काठमाडौं १६ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचित जनप्रतिनिधिलाई जनताका सेवक बनेर काम गर्न सुझाव दिएका छन् ।
हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित प्रतिनिधिलाई सम्मान गर्दै महामन्त्री थापाले स्थानीय तहमा निर्वाचित प्रतिनिधिलाई शासकका रूपमा नभएर जनताका सेवक बनेर काम गर्न सुझाव दिएका हुन् ।
अघिल्लो निर्वाचित जनप्रतिनिधिलेशासकको रुपमा काम गर्दा अहिले धेरै पुराना जनप्रतिनिधि पराजित हुनुपरेको बताएका उनले जनप्रतिनिधिले शासक बनेर होइन, सेवकका रूपमा काम गर्न जरुरी रहेको बताएका हुन् ।
घोषणा पत्रलाई संकल्पपत्रको रूपमा बुझ्न जरुरी भएको बताएका उनले भने,‘जवाफदेही, पारदर्शी भएर काम गरौं । अब अरुका कारण काम गर्न सकिएन भन्न पाइँदैन । जनताले मत दिएका छन् । त्यसको सम्मान गर्नुको विकल्प छैन ।’