काठमाडौं १६ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत् गरिएको बजेट चुनावलाई लक्षित नभएको स्पष्ट पारेका छन् ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले बजेटमा चुनावी कुरा नभएको भन्दै यस्तो बताएका हुन् ।
‘थोरै बाहेक हिजोकै कुरालाई निरन्तरता दिएको हो,उत्पादन बढाउनुपर्छ, आत्मनिर्भर हुनुपर्छ भन्नु चुनावी कुरा हो र ?’ उनले प्रश्न गरे ।
सरकारी कर्मचारीको तलब हरेक तीन वर्षमा बढाउने नियम नै भएकोले यो चुनावी कुरा नभएको दावी गरेका छन् ।
किसानलाई उत्प्रेरित गर्न ल्याएको किसान पेन्सनको कार्यक्रमलाई चुनावसँग जोड्न नमिल्ने पनि शर्माले बताएका छन् ।