अपाङ्गता भएका परिवारलाई सहयोग जुट्ने क्रम जारी,आयो यति धेरै रकम सहयोग — OSNepal

अपाङ्गता भएका परिवारलाई सहयोग जुट्ने क्रम जारी,आयो यति धेरै रकम सहयोग

LC (KTM) June 14, 2021 0

पोखरा – पोखरा महानगरपालिका– १७ रातोपैह्रास्थित अपाङ्गता भएको परिवारलाई सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परिवारलाई स्वदेश तथा विदेशमा रहेका नेपालीबाट आर्थिक सहयोग जुटेको हो ।अपाङ्गतासहित सात जनाको सो परिवारलाई आज स्वदेश तथा रोजगारीको शिलशिलामा विदेशमा रहनु हुने मनकारी व्यक्तिबाट ३० हजार रुपैया नगद सहयोग प्राप्त भएको छ ।

गत साता राससबाट ‘रोगभन्दा भोकको चिन्ता’ शीर्षकमा समाचार प्रकाशन भएपछि स्याङजाको पुतलीबजार घर भई हाल अमेरिकामा बस्ने राजेन्द्र गुरुङले रु.१० हजार, शिवकुमार रानाभाट (सुन्दर) जापानबाट नौ हजार ७५५, पोखरा १७ छोरेपाटनका सन्तोष गुरुङबाट पाँच हजार २४५, नरेन गुरुङले दुई हजार मेखबहादुर थापाबाट तीन हजार सहयोग गर्नुभएको थियो ।पुतलीबजार नगरपालिका–७ स्थित भारकोट शान्ति स्तुपा गाउँ समाजका साधारण सदस्यद्वय सन्तोष गुरुङ र मेखबहादुर थापाले सहयोगदाताबाट संकलित रकम उक्त कम परिवारका सदस्य मनमाया थापामगरलाई हस्तान्तरण गर्नुभयो ।

अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको नजिक सेतीनदीको डिलमा आफन्तको जग्गामा जस्ताले छायको एउटा कोठामा नवोल्ने, हिँडडुल समेत गर्न नसक्ने, खाना खुवाईदिनु पर्ने र शौचालय समेत बोकेर लैजानुपर्ने अवस्थाका १८ वर्षीय अपाङ्गता पूर्णबहादुर थापासहितको सात जना छन् ।काठमाडौंमा जन्मेर छ महिनाको हुँदा पोखरा लिएर आउनुभएका बुबा आमा समेतको निधन भईसकेकोले आफन्त र पैत्रिक सम्पत्तिका बारेमा समेत केही जानकारी नभएको कारण अहिलेसम्म आप्mनो नाममा एक इञ्चि पनि जमिन नभएको सो परिवारका अभिभाव ५५ बर्षीय लक्षु थापामगरले रासससँग दुःखेसो सुनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर