काठमाडौं १६ जेठ । कानुनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ ।
सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले तत्काल निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन भनेपछि चौतर्फी यसको आलोचना भइरहँदा सोमबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यस्तो निर्देश्न दिएको हो । बैठकले कानुनी बाधा हटाएर विमानस्थल निर्माण शीघ्र अघि बढाउन निर्देशन दिएको हो ।
समितिको बैठकको निर्णयमा भनिएको छ , ‘राष्ट्रिय हित, सुरक्षा, र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानूनी प्रशासनिक र व्यवहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिने,।