पोखरा ।पोखराका नयाँ मेयरले सारेर चोरिएको फूल भेटिएको छ । खोजी गर्दै जाँदा त्यहाँ निलो प्लास्टिकभित्र राखिएको अवस्थामा फूल भेटिएको बताइएको छ । बैदामस्थित तालबाराही माविको खुला व्यायामशाला नजिक भेटिएको हो । पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले पदस्थापनका दिन फूल सारेका थिए ।
उक्त फूललाई अहिले बैदाम प्रहरीमा बुझाइएको छ ।चोरीबारे अनुसन्धान सुरु गरिएको पोखरा प्रहरीले जनाएको छ ।मेयर आचार्य सहित नयाँ जनप्रतिनिधिले उक्त फूल जीरोदेखि हल्लनचोक सडक खण्डमा बनाइएको डिभाइडरमा सारेका थिए ।
पदभार ग्रहण गर्ने दिन मेयर , उपमेयर र नव निर्वाचित विभिन्न वडाका जनप्रतिनिधिसहितको सहभागितामा पोखरा जिरो किलोमिटरदेखि हल्लनचोकसम्मको सडक डिभाइडरमा फूल रोपिएको थियो ।रोपेको दुई दिन नबित्दै मेयर आचार्यले रोपेको फूलसहित ५ वटा फूल चोरी भएका थिए ।