काठमाडौं १६ जेठ । नयाँ अनलाइन प्रणाली सुरु गर्ने भन्दै यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ ।
विभागले अहिले सम्म नयाँ तथा वर्ग थपका लागि लिएका सबै अनलाइन आवदेन रद्ध भएको जानकारी गराएको हो ।
विभागका अनुसार अब applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नु पर्ने भएको छ । नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन खुला हुने विभागले जनाएको छ ।
साथै, वर्ग थपका लागि अर्को साताको सोबारबाट आवेदन खुला हुने विभागले जानकारी गराएको छ ।