फेलिक्स अगरलाई तीन दुईको सेटमा हराउँदै स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पेरिसमा आइतबार राति सम्पन्न खेलमा क्यानडाका अगरलाई हराउँदै नाडालले क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले फेलिक्सलाई ३-६,६-३,६-२,३-६ र ६-३ को सेटमा हराए ।
क्ले कोर्टका राजा मानिने नाडाल फ्रेन्च ओपनमा कीर्तिमानी विजेता हुन् । नाडालले १३ पटक फ्रेन्च ओपन जितेका छन् ।अब नाडालले क्वाटरफाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिकसँग खेल्ने छन् ।जोकोभिचले अर्जेन्टिनाका डिएगो स्वार्टम्यानलाई ६-१,६-३ र ६-३ ले पराजित गरे ।