बजेट भाषण संगै बियरको दाम बढ्यो — OSNepal

बजेट भाषण संगै बियरको दाम बढ्यो

LC (KTM) May 29, 2022 0

सरकारले आज आर्थिक बर्ष ७९/८० को लागि बजेट प्रस्तुत गरेको छ । प्रस्तुत गरिएको बजेटमा सरकारले मदिरा जन्य वस्तुमा करको दायरा झनै उच्च बनाएको छ । आज संसदमा प्रस्तुत बजेटमा मदिराजन्य पदार्थमा उच्च कर वृद्धि गरिएको हो । अब बियरमा र वाइनमा प्रतिलिटर ३० रूपैयाँले कर वृद्धि गरिएको छ । यसअघि प्रतिलिटर १ सय ९८ रूपैयाँ लाग्दै आएको अन्तःशुल्कमा ३० रूपैयाँले बृद्धि गर्दै २ सय २८ रूपैयाँ कायम गरिएको छ ।

अल्कोहल रहित बियरमा प्रतिलिटर २० रूपैयाँ कर थप गरिएको छ। इथायल अल्कोहलमा प्रतिलिटर ७० रूपैयाँमा १० रूपैयाँ थप गरि ८० रूपैयाँ कायम गरिएको छ । ह्विस्कीमा ४८ दशमलव ५ प्रतिशतसम्म अल्कोहल भएकामा प्रतिलिटरमा १ हजार ५ सय ९२ रूपैयाँबाट १ हजार ७ सय ५० रूपैयाँ कायम गरिएको छ । त्यस्तै ४२ दशमलव ८ प्रतिशत अल्कोहल भएको मदिराजन्य पदार्थको हकमा १ हजार १ सय ८८ रूपैयाँबाट बढाएर १ हजार ३ सय ६ रूपैयाँ बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर