सिन्धुपाल्चोकमा पुनः एकसाता निषेधाज्ञा थपियो — OSNepal

सिन्धुपाल्चोकमा पुनः एकसाता निषेधाज्ञा थपियो

LC (KTM) June 14, 2021 0

सिन्धुपाल्चोक- जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले यही जेठ मसान्त सम्म लगाएको निषेधाज्ञालाई पुनः सात दिन थप गरी आगामी असार ७ गते राति १२ वजेसम्म कायम गरेको छ ।कोरोना भाइरस सङ्क्रमितको संख्यामा कमी नआएपछि निषेधाज्ञालाई निरन्तरता दिईएको प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले जानकारी दिनु भयो ।

कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि गत वैशाख २३ गते देखि निषेधाज्ञा लगाईदै आएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन र निस्कनै परेमा स्वास्थ्य मापदण्ड अपनाउन समेत जिल्ला प्रशासन कार्यालयले सर्वसाधरणलाई आग्रह गरेको छ ।जिल्लामा आजसम्म कुल सङ्क्रमितको संख्या तीनहजार पाँचसय ९०, सक्रिय सङ्क्रमित एकहजार पाँचसय ६०, निको हुनेको संख्या दुईहजार ४६ र मृतकको संख्या २८ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर