काठमाडौं १५ जेठ । सार्वजनिक पद धारण गरेका व्यक्तिले अब हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनु पर्ने भएको छ ।
सरकारले आज बजेट भाषण गर्ने क्रममा सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने घोषणा गरेको हो । सरकारले हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन ल्याउने घोषणा गरेको हो ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९ ८० को बजेट भाषण गर्दै सार्वजनिक पद धारण गरेका व्यक्तिले उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
साथै, सरकारले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग सहित अन्य रुग्ण उद्योग चलाउने समेत घोषणा गरेको छ ।