काठमाडौं १५ जेठ । सरकारले काठमाडौं उपत्यकामा ३ वटा फ्लाइओभर, दुई वटा अन्डरपास बनाउने घोषणा गरेको छ ।
आइतबार आर्थिक वर्ष २०७९ /८० को जबेटत भाषण गर्दै संसद भवनबाट अर्थमन्त्री जनार्दन शर्माले यसका जानकारी गराएका हुन् ।
शर्माले ललितपुरको ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गरिने साथै काठमाडौंको कोटेश्वर तथा नयाँ बानेश्वरमा अन्डरपास बनाउन सुरु गरिने बनाउने घोषणा गरेका हुन् ।