काठमाडौं १५ जेठ । सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने घोषणा गरेको छ ।
‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने भन्दै सरकारले यस्तो घोषण गरेको हो ।
आइतबार आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा भाषण गर्दै अर्थमन्त्री जर्नादन शर्माले एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन मार्फत प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने बताएका हुन् ।