काठमाडौं १५ जेठ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।
आइतबार अर्थमन्त्री जनार्दशन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण प्स्तुत् गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको जानकारी गराएका हुन् ।
साथै, शर्माले वन तथा वातावरण मन्त्रालयको लागि १३ अर्ब रूपैयाँ बजेट विनियोजित गरिएको जानकारी गराएका छन् ।