सरकारले घटायो बिदेशी लगानीको सीमा, ५ करोडको सीमालाई घटाएर २ करोडमा झार्यो — OSNepal

सरकारले घटायो बिदेशी लगानीको सीमा, ५ करोडको सीमालाई घटाएर २ करोडमा झार्यो

LC (KTM) May 29, 2022 0

काठमाडौं १५ जेठ । सरकारले यस भन्दा अगाडी लगानी हुँदै आएको बिदेशी लगानीको सीमा घटाएको छ । ५ करोडको सीमालाई घटाएर २ करोडमा झारेको हो ।

नयाँ बानेश्वरस्थित संसद भवनमा अर्थमन्त्री जर्नादन शर्माले आइतबार बजेट प्रस्तुत गर्दै प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउने सीमा घटाएका हुन्।

साथै, १० करोडसम्मको बैदेशिक लगानी स्वचालित प्रणालीबाट स्वीकृति दिने पनि अर्थमन्त्री शर्माले घोषणा गरेका छन् ।

ठूला लगानीकर्ताले विद्युतीय प्रणालीबाट माग गरेमा सात दिनभित्र प्रारम्भिक सहमति समेत हुने शर्माले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर