काठमाडौँ ।
पोखराबाट तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको केही समयपछि बेपत्ता भएसँगै अहिले पोखरा विमानस्थलमा आफन्तहरु पुगेका छन् । पोखरा विमानस्थलमा पुगेका आफन्तहरू निकै भावविह्वल अवस्थामा देखिएको हाम्रा सहकर्मीले जनाएका छन् । उनीहरुबिच रुवाबासी समेत भइरहेको बताइन्छ ।
पोखराबाट १९ यात्रुसहित जोमसोमका लागि उडेको तारा एयरको तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको ६ घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन ।
विमानस्थलका अनुसार जहाजमा १९ यात्रु थिए । चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।
चालक दल तीन सदस्यसहित १६ नेपाली, चार भारतीय र दुई जर्मनी छन् । चालक दल तीन सदस्यसहित १६ नेपाली, चार भारतीय र दुई जर्मनी हुन् ।
सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको पुष्टि भएसँगै नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । जहाज खोज्न गएको नेपालीको सेनाको हेलिकप्टर भने मौसम खराबीको कारण कोवाङ भन्ने ठाउँमा अवतरण गरेको थियो । अहिले मौसममा केही सुधार आएसँगै सेनाको हेलिकप्टर त्यसतर्फ जाने तयारीमा रहेको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जनाए अनुसार स्थानीयले हिमालको फेदमा नवयुगकोट उत्तर पश्चिमतिर पहिरो गइरहेको स्थानमा जहाज दुर्घटना भएको देखेर खबर गरेका हुन् । जहाज दुर्घटना भएको सूचनापछि नेपाली सेनाको टोली त्यस तर्प गएको छ ।
पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान १०स्०७ पछि सम्पर्कविहीन भएको थियो । विमानमा चालक दलका सहित २२ जना रहेका थिए ।
यसैबिच तारा एयरले विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरू स्ट्यान्डबाइ राखिएको जनाएको छ । मौसममा सुधार आएपछि खोजीकार्य पुनः सुरु गरिने तारा एयरले जनाएको छ ।
हराएको जहाजको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्धार टोली पनि स्थलमार्गबाट त्यसतर्फ गइरहेको बताइएको छ ।