उपत्यकामा अब दैनिक धारामा पानी नआउने — OSNepal

उपत्यकामा अब दैनिक धारामा पानी नआउने

LC (KTM) June 14, 2021 0

काठमाडौँ – काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मङ्गलबारदेखि काठमाडौँ उपत्यकामा केही दिन बिराएर मात्रै पानी वितरण गर्ने भएको छ । मेलम्चीको पानी दुई महिना नआउने भएकाले त्यस अवधिमा दैनिक रुपमा धारामा पानी नआउने लिमिटेडले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिले असारदेखि दुई महिनासम्म सुरुङ परीक्षणका लागि लाग्ने जनाएको छ ।

त्यो अवधिमा उपत्यका भित्रका स्रोतको मात्रै पानी वितरण गर्नुपर्ने भएकाले दैनिक बितरण गर्न नसकिएको हो । सैँबु पोखरीबाट १२ दिन, बालाजु पोखरीबाट बितरण हुने स्थानमा नौ दिन, मीनभवन, अनामनगर, महाँकालचौर र ठिमी बोडे आसपासका क्षेत्रमा सात दिन बिराएर पानी बितरण हुनेछ । त्यस्तै, बाँसबारी, पानीपोखरी, भक्तपुर चार दिन र कीर्तिपुर पानीपोखरीबाट वितरण हुने स्थानमा दुई दिन बिराएर बितरण गरिनेछ । दुई महिना पहिलेदेखि उपत्यकामा मेलम्चीको पानी ल्याइएको थियो । दैनिक १७ करोड लिटर पानी आउँदा चक्रपथ भित्रका धेरै स्थानमा स्थानीयबासीले दैनिक रुपमा पानी पाइरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर