काठमाडौं १५ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउन नसक्दासम्म गणतन्त्रको वास्तविक प्राप्तिको अनुभूति नहुने बताएका छन् ।
प्रदेश सरकारले आइतवार बुटवलमा आयोजना गरेको १५ औं गणतन्त्र मूल समारोह समितिमा सहभागी भएका मुख्यमन्त्री केसीले प्रदेशका नागरिकले वास्तविक गणतन्त्र आएको अनुभूति गर्न पाउनु पर्ने बताएका हुन् ।
नागरिकको महत्वपूर्ण त्याग, तपस्या र बलिदानबाट मात्रै सम्भव भएको बताएका उनले सबैको मिहिनेत, योगदानबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो र मजबुत बनाउँदै लैजानु पर्नेमा समेत उनले जोड दिएका छन् ।
‘नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ, वातावरण संरक्षणलगायत आधारभूत अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै नागरिकको जीवनस्तर फेर्ने गरी काम गर्न जरुरी छ ।’ उनले भने ।