काठमाडौं १५ जेठ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले जनताको लोकप्रिय मतमा एमाले पहिलो पार्टी बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’ मा सहभागी भएका उनले सिटको हकमा ५ दलीय गठबन्धन पहिलो भएपनि निषेधको राजनीतिलाई जनताले स्वीकार नगरेको दावी गर्दै लोकप्रिय मतमा एमाले पहिलो पार्टी भएको बताएका हुन् ।
‘गणतन्त्रको विषयमा बोल्दै नेम्वाङले राजनीतिक दलहरुले कतिपय कमीकमजोरीका बाबजुद पनि मुलुकलाई गणतन्त्रसम्म ल्याइपुर्याएको समेत बताएका छन् । गणतन्त्रमा सबै कुरा ठीक छ म भन्दिनँ । तर भएका कुरालाई भएको भन्न पनि सक्नुपर्छ । कतिपय कमीकमजोरीका बाबजुद दलहरुले मुलुकलाई यहाँसम्म ल्याएका छन् ।’ उनले भने ।
आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिगमनकारी भन्न नमिल्ने जिकिर गरेका उनले संसद्को विघटन थुप्रै प्रधानमन्त्रीहरुले गरेको सन्दर्भलाई स्मरण गराएका छन् ।
गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवाले पनि गर्नुभयो । कहिले विघटन सफल भयो । कहिले सर्वोच्च अदालतबाट पुनस्र्थापित भयो । आफूले गर्दा प्रतिगमन हुने, अरुले गर्दा हुने ? कस्तो मापदण्ड हो ? नेम्वाङले भने ।