नेपालमा ठूलो संख्यामा कोरोनाका बिरामी निको हुँदै, निको हुने दर ८७.८ प्रतिशत — OSNepal

नेपालमा ठूलो संख्यामा कोरोनाका बिरामी निको हुँदै, निको हुने दर ८७.८ प्रतिशत

LC (KTM) June 14, 2021 0

काठमाडौं । काठमाडौँ उपत्यकामा सोमबार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९६ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १४५ जना कोरोना संक्रमित फेला परेका छन् । त्यस्तै देशभर २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत हप्तादेखि निरन्तर घटिरहेको संक्रमण सोमबार पनि घटेर २ हजार ९ सय १८ जनामा पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित घटेसँगै देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ४३८ जनाको पीसीआर परीक्षणबाट २ हजार ४९ र ५ हजार ३८१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८६९ जना गरी २ हजार ९१८ जना कोरोना संक्रमित थपिएका हुन् ।

अनुसार पछिल्लो २४ घन्टामा ५ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । नेपालमा निको हुने दर ८७.८ रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ । संक्रमणको दर घटेता पनि देशभरका अधिकांश स्थानमा निषेधाज्ञा जारी राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर