क्यान्सर पीडितलाई परदेशीएका नेपालीको सहयोग — OSNepal

क्यान्सर पीडितलाई परदेशीएका नेपालीको सहयोग

LC (KTM) May 28, 2022 0

हरिप्रसाद भुसाल/ अर्घाखाँची, १४ जेठ :

क्यान्सर रोगबाट पीडित अर्घाखाँचीका एक बिरामीका लागि रोजगारीको सिलसिलामा मुलुक बाहिर रहेका अर्घाखाँचीवासी युवाले आर्थिक सहयोग गरेका छन् ।

सन्धिखर्क नगरपालिका-१० बेल्टारी घर भई सन्धिखर्कमा बसोबास गर्दै आएका क्यान्सर पीडित प्रेमबहादुर थापालाई अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चले आर्थिक सहयोग गरेको हो ।

मञ्चका अध्यक्ष रञ्जित क्षत्री, महासचिव दामोदर भुसाल, कोषाध्यक्ष हरि कुँवरसहितले थापाको घरमै पुगेर नगद १० हजार आर्थिक सहयोग गरेका हुन् ।

फोक्सोको क्यान्सरबाट थलिएका ४० वर्षीय थापाको काठमाडौं हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा किमो चलिरहेको छ । थापाका श्रीमती, दुई छोरी र ६ महिनाका एक छोरा रहेका छन् ।

यस्तै थापालाई आज नै सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा रहेको प्रगतिशील स्वास्थ्य आमा समूहले समेत सहयोग गरेको छ । समूहका तर्फबाट प्रकाश भुसालले नगद पाँच हजार एक सय हस्तान्तरण गरेका हुन् ।

लामो समय कतारमा मजदुरी गरेर केही वर्षअघि अर्घाखाँची फर्किएका थापाले सन्धिखर्कमा इलेक्ट्रिक पसल सन्चालन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर