नेपालमा निरन्तर घट्न थाल्यो कोरोना संक्रमणको दर, आजको यस्तो छ नजिता — OSNepal

नेपालमा निरन्तर घट्न थाल्यो कोरोना संक्रमणको दर, आजको यस्तो छ नजिता

LC (KTM) June 14, 2021 0

काठमाडौं । नेपालमा सोमबार २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत हप्तादेखि निरन्तर घटिरहेको संक्रमण सोमबार पनि घटेर २ हजार ९ सय १८ जनामा पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित घटेसँगै देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्। अनुसार पछिल्लो २४ घन्टामा ५ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ । संक्रमणको दर घटेता पनि देशभरका अधिकांश स्थानमा निषेधाज्ञा जारी राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर