काठमाडौ १३ जेठ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र बडुले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली माथि टिप्पणी गरेका छन् । शुक्रबारको संसद बैठकको विशेष समयमा बोल्दै मन्त्री बडुले बिहीबार एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्तमाथि टिप्पणी गरेका हुन् ।
प्रतिपक्ष दलको नेताले आधारहिन र झुठा आरोप लगाएको भन्दै उनले आरोप खेदजनक र आपत्ति जनक भएकोले यसले प्रतिपक्ष दलको नेताको गरिमा बच्यो कि सकियो ?’ भन्दै प्रश्न समेत गरेका छन् ।
बिहिबार ओलीले नेपाल आयल निगमलाई खारेज गरि निजीकरण गर्न लागिएको आरोप लगाएपछि मन्त्री बडुले ओलीलाई प्रश्न गरे, ‘आधा खान बाँकी छ भनेर कुन आधारले भनेको हो ? यसको जवाफ चाहिन्छ । म उहाँहरु (एमालेका सांसद)लाई चुनौती दिन चाहन्छु ।’
मन्त्री र मन्त्रालयतर्फ लगाइएको आरोपको खण्डन गर्दै मन्त्री बडुले अध्यक्षको बोलीलाई ‘स्तरहीन’ भएको बताएका छन् ।