कोरोनाको खोपमा पनि असमानता ! मानव अधिकारकर्मीलाई बाहिर निकालेर वडा अध्यक्षद्वारा आफ्नालाई खोप — OSNepal

कोरोनाको खोपमा पनि असमानता ! मानव अधिकारकर्मीलाई बाहिर निकालेर वडा अध्यक्षद्वारा आफ्नालाई खोप

LC (KTM) June 14, 2021 0

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना विरुद्धको खोप लगाउने विषयमा विवाद भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रकाश फुयालले मानव अधिकारकर्मीलाई बाहिर निकालेर नेपाल सरकारले तोकेको उमेर समूहभन्दा बाहिरका खोप लगाइदिएको आरोप छ ।

मानव अधिकार खोप केन्द्रमा अनुगमनका लागि पुग्दा उनलाई वडा अध्यक्ष फुयाल लगायतले गाली गरि बाहिर जाने भनेका थिए । नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिरकालाई खोप लगाउदैँ गरेको विषयमा विवाद हुँदा वडा अध्यक्ष फुयालले मानव अधिकारकर्मीलाई दुर्ववहार गरेर बाहिर जान दबाब दिएका हुन् ।चीन सरकारले अनुदानमा दिएको १० लाख कोरोनाभाइरसविरुद्धको खोप जेठ २५ गतेबाट ६० देखि ६४ वर्षको उमेर समूहका व्यक्तिलाई दिन थालिएको थियो ।

लाइन लागेका ६०देखि ६४ वर्षको उमेर समूहका व्यक्तिभन्दा उनीहरुलाई दिइएको टोकन नम्बर बढी थियो । सरकारले तोकेको उमेर समूहभन्दा फरक उमेर समूहकालाई पनि खोप लगाइएको भेटिएको छ । उक्त खोप केन्द्रमा युवाहरु खोप लगाउन लाइन लागेको प्रष्टै देखिएको छ । यो कागेश्वरी मनोहरा नगरपालिकाले मात्रै होइन अधिकांश पालिकाले तोकेका खोप केन्द्रमा यस्ता समस्या देखिएको छ ।

सुरुमा खोप नलगाएको र कोरोनाको दोस्रो लहर संक्रामक र आक्रमक भएपछि अहिले पालिकाहरुमा सोर्सफोर्स लगाएर तोकिएको उमेर समूहकाभन्दा फरक व्यक्तिहरुलाई खोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर