प्रधानमन्त्री ओली विरुद्ध हिंसात्मक अभिव्यक्ति दिएको आरोपमा कांग्रेस नेता वैधलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालसँग माग — OSNepal

प्रधानमन्त्री ओली विरुद्ध हिंसात्मक अभिव्यक्ति दिएको आरोपमा कांग्रेस नेता वैधलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालसँग माग

LC (KTM) June 14, 2021 0

काठमाडौं ३१ जेठ । प्रधानमन्त्री केपी ओली विरुद्ध हिंसात्मक अभिव्यक्ति दिएको आरोपमा नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल पक्राउ गर्न नेकपा एमालेले गृहमन्त्रालयसँग माग गरेको छ । नेकपा एमालेको विभिन्न जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिले आज सोमबार गृहमन्त्री खगराज अधिकारीलाई भेटी वैद्ययको अभिव्यक्तिप्रति फौजदारी कानुन समेत आकर्षित हुने भएको हुँदा तत्काल पक्राउ गर्न माग गरेको हो ।

पक्राउ गर्नुपर्ने भन्दै अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल खेलकुद महासंघ, राष्ट्रिय युवा संघ नेपाल, मुस्लिम इत्तेहाद संगठन, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, पेशागत महासंघ र नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रतिनिधिले संयुक्त रुपमा गृहमन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

जारी गरिएको विज्ञप्तीमा भनिएको छ , कांग्रेस हत्या हिंसामा विश्वास नगर्ने पार्टी हो भने र संसदीय मूल्य मान्यता र संसदको गरिमा कायम राख्न निज वैद्यलाई अविलम्ब सांसद पदबाट हटाउन माग गर्दछौं’ ।

ज्ञापनपत्र:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर