जिवनको सवैभन्दा खुशीको पल वच्चाबेला नै हुनेगर्छ । सुरुवातको प्रथम विन्दु बाल्यावस्था जोकोही का लागि स्मरणयोग्य बेला हो। आफुले नजानेर गरेका तमात गल्तिहरु सम्झेर मनमा हर्सित आनन्दको लामो श्वास फेर्ने अनगिन्ती चेहेराहरु संसारभर पाइन्छन।एउटा नविनतम जिवनको फक्रने वेला हो बाल्यकाल, गल्ती गरेर पनि सजाय भोग्नुनपर्ने या भनौ कानुननै हातमा लिने बेला होबाल्यकाल, आफुभित्रको लाज महशुसविनानै प्रतिभा पहिल्याउने बेला हो बाल्यकाल, मागेको बस्तु पाइने र आफुभन्दा निक्कै ठुलामान्छेलाइ पनि तह लगाउन सक्ने बेला हो बाल्यकाल । समग्रमा बाल्यकाल सबैका लागि जिवनभरको सन्झनलायक स्वर्णिम पल होर ठुला गल्तिपनि हिनताबोध बिनानै गर्ने समय हो बाल्यावस्था। तर कतिपय बेला धेरै अभिभावकहरु आफ्ना हुर्कदै गरेका सन्तानको अवस्थामा सन्तुष्ट हुने तर मनोविज्ञान नबुझ्ने कारणले त्यो सुक्ष्मबाल्यमस्तिस्कमा आघात पुग्न गएको हुन्छ।
बाल मनोबिज्ञानलाई उचित मार्गदर्शन दिन सकियो भने फराकिलो सोचभएका, ज्ञानि, चेतनशिल र बौद्धिक धरातलयुक्त बालबालिका बनाउन सकिन्छ। भनिन्छ नि बालक उमेर काचो माटो जस्तै हो जता लग्यो त्यतिढल्किन्छ, ठिक त्यस्तै गरेर बालबालिकाको सानो मस्तिष्कमा जस्तो कुराहरु सम्प्रेषण गर्न सक्यो त्यस्तै भविस्यमा हुनेछन। कतिपयअवस्थामा पारिवारिक वंशावलीका प्रभावमा बालकले वावुआमाको जस्तै सोच राख्ने, पेशा अंगाल्ने र आफुलाइ वंशकेन्दृत विचारवनाउने गरेका हुन्छन हुन केही हदसम्म राम्रो भएपनी समग्र उन्नत मस्तिष्कका लागि सबल पक्ष भने होइन। बालबालिका लाई प्रशस्त समय दिएर उनिहरुसंग अन्तरक्रिया गर्ने बानीले बालबालिका आफ्ना समस्या लिएर संकुचित मनबनाउनबाट छुटकारा पाउन सक्छन। उनिहरुसंग आफुपनी बालकृडा गर्ने, आफुले जानेको सकारात्मक कुराहरुको बोध गराउने रउचित संस्कारले भरिपुर्ण बनाउने हो भने समग्रमा चेतनाले चैतन्यभित्र प्रवेश पाउन सक्छ।
बाबुआमाको छत्रछायामा हुर्किएकाबालकहरु बालबालिका हुर्काउने स्कुलका भन्दा पारिवारिक र सामाजिक हुन्छन। अन्त्यमा, आफ्ना कलिला सन्तानको हरेक इच्छा को पछि लगेर परिपुर्ति गर्ने भन्दा बढी उनिहरुको मनोविज्ञान बुझेर समाधान तिरलाग्न सके भविस्यमा सन्तानबाट सुख प्राप्त गर्न सकिन्छ। स्मरण रहोस, उचित संस्कारमा उचित मार्गदर्शन पाएका व्यक्तिहरुमात्रसंसारमा आफ्ना अस्तित्व सवैमा उजागर गर्न सक्षम भएका छन । भौतिक सुविधा सम्पन बनाइदिएर उचित पारिवारिक रेखदेख र संस्कारको अभावमा हुर्किएका बालकहरु भविस्यमा सबैभन्दा ठूलो शत्रु आफ्नै आमावुवा देख्छन।