काठमाडौं १२ जेठ । पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको फैसला सर्वोच्च अदालतले उल्टाएको छ ।
कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले यस अघि सर्वोच्चले गरेको फैसाल उल्ट्याएको हो ।
अब कोइराला पूरा २० वर्ष नै जेल बस्नुपर्ने भएको छ । उनी अहिलेसम्म साढे ८ वर्षमात्र कैद बसेका छन् ।
यस अघिप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले ‘आवेश’ मा आएर श्रीमतीको हत्या गरेकाले साढे आठ वर्षमात्रै कैद बस्दा हुने भन्दै फैसला सुनाएको थियो ।