काठमाडौं १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र धाँधलीरहीत हुन नसकेको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिएका ओलीले स्थानीय तहको निर्वाचन जस्तो राज्यसंयन्त्रको दुरुपयोग गरेर कब्जा गर्ने क्रियाकलाप पञ्चालयले पनि नगरेको टिप्पणी गरेका छन् ।
धेरै मतदाताको मत गठबन्धनका कार्यकर्ताले खसाएको आरोप लगाएका ओलीले उम्मेदवार ले आफुले चाहेको व्यक्तिलाई भोट हाल्न नदिएको र मतदान स्थलमा समेत स्वच्छ ढंग जान नपाइएको बताएका छन् ।
भोट नदिने हो भने देशमा दुर्घटना जान्छ भनेर धम्क्याउने काम भएको बताएका ओलीले भने, ‘यस्तो अभिव्यक्तिपछि मान्छेहरुले छोराछोरी विदेशिनु परेको सम्झिए । आतंक छाएको सम्झिए । भाषणका शब्द जसरी बाणका रुपमा निस्किँदै जान्छन्, जनता थरथर काम्दै जाने स्थिति बन्यो ।’
ओलीले प्रचण्ड तिर लक्षित गर्दै धम्काएर भोट हाल्न लगाएर आफ्नी छोरी रेणु दाहाललाई जिताएको संकेत गरेका छन् ।