काठमाडौं ११ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनले कांग्रेसको लोकप्रियता बढेको पुष्टि गरेको बताएका छन् ।
विजयी जनप्रतिनिधिहरूलाई सम्मान गर्न भक्तपुरमा आयोजित गरिएको कार्यक्रममा सहभागी भएका थापाले सम्बोधनमा यस्तो बताएका हुन् ।
यस पटकको स्थानीय निर्वाचनआम निर्वाचनको झल्को दिने खालको भएको बताएका उनले अब मुलुकमा नयाँ अध्याय सुरु भइसकेकाले कसंैले पनि कसैको आलोचना नगरी अगाडी बढ्नुपर्ने बताएका छन् ।
साथै, उनले अब पार्टीले उम्मेदवार चयनमा विशेष ध्यान दिने पनि स्पष्ट पारेका छन् ।